• Saturday 28th of November 2026

सात दिनदेखि हराइरहेकी विजिता धानबारीमा मृत भेटिइन्


  • धनकुटा खबर
  • .

बिर्तामोड, असोज ९। सात दिनदेखि हराइरहेकी झापा कनकाई नगरपालिका– २ की विजिता भण्डारी (माइली) मृत अवस्थामा फेला परेकी छन् ।

सुरुङ्गाको ह्याप्पी ल्यान्ड छेउको धानबारीमा उनको शव आज दिउसो १२ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शवलाई पोस्टमार्टमको लागि भद्रपुर अस्पताल पठाइएको छ । के कारणले माइलीको मृत्यु भयो भन्ने बारे खुलेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । माइली असोज ३ गते देखि हराएकी थिइन । २१ वर्षीय माइली मानसिक र शारीरिक रुपमा कमजोर रहेकी थिइन ।-झापाटुडे

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖