• Wednesday 7th of October 2026

नारायण रायमाझीलाई मातृशोक


  • धनकुटा खबर
  • .

लोक गायक, संगीतकार तथा फिल्म निर्देशक नारायण रायमाझी र गायक दुर्गा रायमाझीलाई मातृशोक परेको छ।

उनीहरूकी आमा कृष्णकुमारीको बिहीबार राति काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ८२ वर्षको उमेरमा निधन भएको हो।
उनको पार्थिव शरीरलाई शुक्रबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

स्वर्गीय रायमाझीका श्रीमान् सूर्यबहादुर रायमाझी, तीन छोरा र २ छोरी रहेका छन्।

तीमध्ये नारायण र दुर्गा लोक तथा दोहोरी गीतमा चर्चित छन् भने अर्का जीवन रायमाझी शिक्षण पेसामा छन्।

जेठा छोरा लक्ष्मण रायमाझीको भने दुई दशक अगाडि नै निधन भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖