• Sunday 29th of November 2026

त्रिशूली नदीमा फसेका तीन मध्ये एउटा टिपर बाढीले बगायो


  • धनकुटा खबर
  • .

काठमाडौ । त्रिशूली नदीले एउटा टिपर बगाएको छ। नदीमा तीनवटा टिपर र तीनवटै एक्स्काभेटर फसेकोमा बाढीले एउटा बगाएको हो।

स्थानीयले दिएको जानकारीअनुसार चालकसहित कामदारहरू भने सुरक्षित छन्।

सुपर त्रिशूली जलविद्युत् आयोजनाले गोरखाको गण्डकी गाउँपालिका– १ बुटारमा १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।

सोही क्रममा त्रिशूली नदीलाई दुई भंगालो बनाएर काम गरिरहेको अवस्थामा अविरल वर्षाले नदीमा बाढी उर्लिँदा भंगालो बगाएपछि सवारीसाधन निकाल्न नमिलेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖