• Monday 5th of October 2026

ब्रा–पेन्टी खोलेर सुत्दा स्वास्थ्यका लागि लाभदायक


  • धनकुटा खबर
  • .

दिनमा ब्रा र पेन्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक मानिन्छ। भित्री वस्त्र खोलेर सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुने विभिन्न अध्ययनले पत्ता लगाएको छ।

रक्तसञ्चार सुचारु

ब्रा–पेन्टी कसिलो हुने भएकाले यसले रक्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

दाग नबस्ने

ब्रा र पेन्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ। पछि यस्तो दाग कालो बन्न पुग्छ। गर्भवती अथवा स्तनपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ।

गहिरो निद्रा ​

ब्रा र पेन्टी खोलेर सुत्दा गहिरो निद्रा पर्छ। किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा पर्छ।

आराम ​

ब्रा र पेन्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ।

स्तनसम्बन्धी रोग निदान

टाइट ब्रा लगाएर सुत्ने महिलामा स्तन सुनिने, स्तनमा पानी जम्नेजस्ता समस्या देखिन सक्छन्। राति सुत्दा ब्रा खोलेर सुत्ने गरेमा यस्तो समस्या देखिँदैन।

पसिना कम

सुत्दा पसिना आउने गरेको छ भने भित्री वस्त्र खोलेर सुत्नाले पसिना कम आउँछ।

क्यान्सरको जोखिम कम

कसिलो ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर लाग्ने जोखिम बढी हुन्छ। कसिलो ब्राले स्तन वरिपरिको भागमा रक्तसञ्चार सुचारु हुन दिँदैन। जसले गर्दा क्यान्सरको जोखिम बढ्छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖