• Saturday 28th of November 2026

बाढी बढेपछि मन्दिरमा फसे शिक्षक-विद्यार्थीसहित ३३ जना


  • धनकुटा खबर
  • .

काठमाडौं । सिन्धुलीको दुम्जास्थित आदिलिङ्गेश्वर कुशेश्वर महादेव मन्दिर परिसरमा गुरुकुलमा २८ विद्यार्थी र शिक्षक गरी ३3 जना फसेका छन् ।

मन्दिरको दायाँ-बायाँ रोशी खोला छिरेपछि मन्दिरमा रहेका मानिसहरू फसेको शिक्षक नारायण घिमिरे बताए । शिक्षिक घिमिरेले आफू स्वयं पनि मन्दिरमा रहेको जानकारी दिए ।

मन्दिर परिसरलाई तीनतिरबाट रोशी खोलाले कटान गरिरहेको छ भने बाँकी एकातिर सुनकोसीले कटान गरेको छ।

‘मन्दिर थोरै उचाइमा रहेकाले अहिलेसम्म बचेको छ’ शिक्षक घिमिरेले भने, ‘कतिबेला कटानमा पर्छ भनेर आतंकित भएर बसेका छौं ।’

बागमती प्रदेशसभा सदस्य गंगानारायण श्रेष्ठले फसेका गुरूकुलका विद्यार्थी र गुरु गरी ३३ जनाको उद्धारबारे जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग कुरा भइरहेको जानकारी दिएका छन् ।

‘उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा भए पनि खराब मौसमको कारण हेलिकप्टर उड्न सकेको छैन’ उनले भने, ‘सशस्त्र प्रहरी बल खुर्कोट वेस क्याम्पमा रहेका तालिम प्राप्त उद्धारकर्ताहरू उद्धारका लागि परिचालन गरिसकेको जानकारी सम्बन्धित अधिकारीहरूले दिएका छन् ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖