• Saturday 28th of November 2026

भक्तपुरमा पहिरोले टहरो पुरिंदा गर्भवतीसहित तीन जनाको मृत्यु


  • धनकुटा खबर
  • .

भक्तपुर- भक्तपुरको पसालेमा पहिरोले टहरो पुरिंदा गर्भवतीसहित तीन जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार शनिबार बिहान साढे दश बजे अविरल वर्षाको कारण माथिबाट पहिरो खसेर टहरो बगाउँदा उनीहरूको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालिकोट स्थायी घर भएकी २४ वर्षीया दमिला शाही, ४ वर्षीया छोरी प्रिया बम, १४ वर्षीया मनिषा शाही छन् । दमिला गर्भवती अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

जग्गा भाडामा लिइ टहरो बनाएर उनीहरु त्यहाँ बसिरहेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖