• Saturday 28th of November 2026

एक जना यात्रु लिएर बुद्ध एयरको विमान धनगढीबाट काठमाडौँ उड्यो


  • धनकुटा खबर
  • .

धनगढी । बुद्ध एयरको शनिबारको धनगढी–काठमाडौँ उडानमा एक जना यात्रु मात्र सवार रहेको पाइएको छ ।

काठमाडौँको प्रतिकुल मौसमका कारण शनिबार बिहानैदेखि उडानहरु प्रभावित भएका थिए ।

साँझ मौसम खुलेपछि २ः३५ को धनगढी–काठमाडौँ उडान साँझ ५ः५१ मा मात्र भएको थियो तर साँझ ७ बजेर २७ मिनेटमा धनगढीबाट उडेको बुद्ध एयरको अन्तिम विमानमा एक जना मात्र यात्रु सवार थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖