• Wednesday 7th of October 2026

अभिनेत्री पूजाले बाढी पीडितका लागि निःशुल्क खाना खुवाउने


  • धनकुटा खबर
  • .

काठमाडौँ । अभिनेत्री पूजा शर्माले बाढी पीडितका लागि निःशुल्क खाना खुवाउने भएकी छन् । उनले ललितपुरको धोबीघाटमा रहेको आफ्नो ट्याग स्पोर्ट लन्च एन्ड बारमा आइतबार निःशुल्क खाना खुवाउने भएकी हुन् ।

उनले सामाजिक सञ्जालमा एक पोस्टमार्फत निःशुल्क खानाको व्यवस्था गरेको जानकारी दिएकी छन् । निःशुल्क खाना आइतबार बिहान १० बजेदेखि १ बजेसम्म व्यवस्था गरिएको उनले जनाएकी छन् ।

पूजा अभिनित पछिल्लो फिल्म रावायण प्रदर्शनमा आएको थियो । सुदर्शन थापा निर्देशित फिल्मले व्यवसाय भने राम्रो गर्न सकेन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖