काभ्रे। बीपी राजमार्ग अन्तर्गत धुलिखेल-भकुण्डे सडकखण्ड एकतर्फ़ी सञ्चालनमा भएको छ।
काभ्रेको सदरमुकाम धुलिखेलदेखि भकुण्डेबेसी सम्मको सडक सोमबार साझबाट सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक विकास कुमार तामाङले जानकारी दिए ।
उक्त खण्ड सञ्चालन भएपनि बीपी राजमार्गको नौबीसे-फेदी खण्डमा दाप्चा खोला तथा चौकीडाडा देखी सिन्धुलीको सिमाना सम्म ११ ठाउको ३ हजार मिटर सडकमा बाढी र पहिरोका कारण क्षति पुगेको छ।
रोशीदेखि मान्ती खोलासम्मको सडकखण्डमा रोशी खोलाको बाढीले सडक नै गायब बनाएकाले तत्काल सञ्चालन हुन कठिन रहेको प्रहरी अधिकारीले बताएका छन्। सो सडकखण्ड ठाउँ–ठाउँमा बाढीले कटान गर्दा सयौँ यात्रु बिचमा अलपत्र परेका थिए। केहीको उद्धार भएकोमा केही अझै उद्धारको प्रतीक्षामा छन्। केही पैदल हिँडेर सुरक्षित स्थानतर्फ गएका छन्।
