• Wednesday 7th of October 2026

भारतका चर्चित युट्युबर रणवीर अल्लाहबादियाको युट्युब च्यानल ह्याक !


  • धनकुटा खबर
  • .

काठमाडौँ – भारतका चर्चित युट्युबर रणवीर अल्लाहबाडियाको युट्युब च्यानलमा ठूलो साइबर हमला भएको छ । उनका दुई युट्युब च्यानल ह्याक भएका छन् ।

रणवीर भारतका एक प्रसिद्ध र लोकप्रिय युट्युबर हुन्, जसले आफ्नो पोडकास्टमा बलिउड, खेलकुद, राजनीति र अन्य क्षेत्रका सेलिब्रेटीहरूको अन्तर्वार्ता लिन्छन्। उनका दुईवटा प्रख्यात युट्युब च्यानल छन्, एउटा उनको आफ्नै नाममा र अर्कोको नाम बियरबिसेप्स हो।

रणवीरका दुवै युट्युब च्यानलमा साइबर हमला भएको छ । ह्याकर्सले उनका दुबै युट्युब च्यानल ह्याक गरी नाम परिवर्तन गरेका छन् । ह्याकरहरूले उनको लोकप्रिय च्यानल BeerBiceps लाई “@Elon.trump.tesla_live2024” राखे, जबकि उनको व्यक्तिगत च्यानलको नाम “@Tesla.event.trump_2024” राखियो। ह्याकर्सले यी दुई च्यानलमा रहेका रणवीरका सबै युट्युब भिडियोहरू डिलिट गरि त्यसको स्थानमा डोनाल्ड ट्रम्प र एलोन मस्कका पुराना घटनाका भिडियोहरू राखेका छन् ।

रणवीरले २२ वर्षको उमेरमा आफ्नो पहिलो युट्युब च्यानल बियरबिसेप्सबाट आफ्नो सामग्री निर्माण यात्रा सुरु गरेका थिए। आज उनीसँग लगभग ७ युट्युब च्यानलहरू छन्, जसमा १२ मिलियन सदस्यहरू छन्। यस वर्ष ८ मार्चमा प्रधानमन्त्री मोदीले भरत मण्डपममा आयोजित नेशनल क्रिएटर्स अवार्ड २०२४ मा युट्युबर रणवीर इलाहाबादियालाई डिसप्टर अफ द इयर अवार्ड दिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖