• Saturday 28th of November 2026

बाढीपहिरोमा परेर डिउटीकै क्रममा अस्ताए तीन सैनिक !


  • धनकुटा खबर
  • .

काठमाडौं । अविरल वर्षापछिको बाढीपहिरोमा परेर नेपाली सेनाका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कर्णेल मिलन केसी, अमलदार नरेन्द्र बहादुर पाल र प्युठ शंकर चन्द रहेका छन् ।

कर्तव्य पालनको सिलसिलामा उनीहरुको मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रमुख सेनानी केसीको सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ४ चिहानेमा पहिरोले पुरिएर ज्यान गएको हो ।

उनी पहिरोमा पुरिएका कोरियन नागरिकहरूको उद्धारमा खटिएका थिए । सोही क्रममा उनले ज्यान गुमाए ।

यस्तै अमलदार पाल र प्युठ चन्दले दोलखाको बिगु गाउँपालिकास्थित अपर तामाकोसी हाइड्रो पावरमा ज्यान गुमाए । उनीहरु ड्याम क्षेत्रमा सुरक्षार्थ खटिएका थिए ।-अनलाइन नेपालबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖