• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

अवैध रूपमा अमेरिका छिर्न खोज्नेमाथि मेक्सिको सेनाले चलायो गोली, ६ जना नेपालीको पनि मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ – अवैधरुपमा अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासीहरुमाथि मेक्सिकाको सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ।

उत्तरी ग्वाटेमालाको सीमा क्षेत्रमा मंगलबार सैनिकले गोली चलाउँदा ६ जनाको मृत्यु भएको र १० जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ।

मृत्यु हुनेमा नेपाल, इजिप्ट, क्युबा, भारत र पाकिस्तानका नागरिक रहेको बताइएको छ। यद्यपि, मृत्यु हुनेहरुको पहिचान भने खुलाइएको छैन। सैनिकहरुले चेकपोस्टमा गाडी रोक्न खोज्दा चालकले जबर्जस्ती गाडी कुदाएका थिए।

त्यसपछि सेनाले गोली चलाएको थियो।

गाडीमा रहेका अन्य १७ जनालाई पनि पक्राउ गरेर अध्यागमनको जिम्मा लगाइएको बताइएको छ। मेक्सिको हुँदै अमेरिका छिर्न खोज्न आप्रवासीलाई रोक्न अमेरिकाले दबाब दिँदै आएको छ। अमेरिकी दबाबकै कारण मेक्सिकोले पनि आप्रवासीमाथि कडा निगरानी थालेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖