• Saturday 28th of November 2026

दशैमा मौसम कस्तो रहला ?


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपालको आकाशमा मनसुनी बादलको उपस्थिती अब कमजोर हुँदै गएको देखिन्छ । अब मनसुन बाहिरिने अवस्थामा छ ।

आगामी ५ दिन (बुधबार) सम्म कुनै प्रकारको वर्षा (गहिरो उपत्यकामा हल्का वर्षा बाहेक) देखिँदैन । नारायणी नदीदेखी पश्चिमीक्षेत्रमा अर्थात लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा अब वर्षा हुने देखिँदैन ।

उपल्लो गण्डकी (कास्की, लम्जुङ, तनहुँ, म्याग्दी, स्याङ्जा) र बागमती (काठमाडौं, काभ्रे, दोलखा, सिन्धुपाल्चोक) क्षेत्रमा धेरैवर्षाले भूभाग ओषिलो भएको कारण दिनभरिको चर्को घामले हुने वाष्पिकरणले सिर्जित बादलहरुबाट सिमित तथा सानो क्षेत्रहरु (जस्तै कास्कीको लुम्ले, काठमाडौं उपत्यकाको शिवपुरी, कपन, गोदावरी आदी) मा साँझपख: वर्षा हुने सम्भावना अझै केहीदिन रहनेछ । तर यस्तो वर्षा बिनासकारी नहुने र केही समयको लागि मात्र हुनेछ ।

नक्सामा देखाइएको हरियो घेराभित्रको क्षेत्रमा मनसुनी बादलहरुको उपस्थिती अझै केही दिन रहनेछ तर तराई क्षेत्रमा वर्षाको सम्भावना धेरै कम रहने छ भने पहाडी क्षेत्र भित्र वर्षा भए पनि क्षणिक मात्र हुनेछ । पश्चिमनेपालमा धान भित्र्याउन शुरु गर्नुभए हुन्छ । तर पुर्वी नेपालको हकमा हरियो घेरा भित्रको क्षेत्रमा अझै मनसुनी बादलको उपस्थिती रहेकोले तराई बाहेकको क्षेत्रमा अझै एक साता पर्खनु ठीक हुनेछ ।

एउटा कुरा स्पष्ट के छ भने दशैको अवधीभरी ठुलो र बिनासकारी वर्षाको कुनै सम्भावना छैन । अधिकांश समय उज्यालो घाम र नीलो आकाशमय रहने छ ।


श्रोत- Ujjwal Upadhyay (Environment and Climate Change Expert)

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖