• Wednesday 7th of October 2026

अस्कर अवार्ड बाथरूममा किन राख्छिन् केट विन्स्लेट?


  • धनकुटा खबर
  • .

विश्वभर ‘टाइटनिक’ गर्लको नामले परिचित अभिनेत्री केट विन्स्लेट यस फिल्मका लागि पहिलो रोजाइ होइनन्।

फिल्मका निर्देशक जेम्स क्यामरूनले यस भूमिकाका लागि अन्य अभिनेत्रीलाई छनोट गरेका थिए। तर केट यस फिल्ममा काम गर्न चाहन्थिइन्। बारम्बार उनी निर्देशक जेम्सलाई भेट्न जान्थिइन्। लामो समयपछि जेम्सले उनलाई फिल्म दिएका थिए।

सन् २००८ मा उनले फिल्म ‘द रिडर’ बाट उत्कृष्ट अभिनेत्रीका लागि अस्कर अवार्ड जितेकी थिइन्। जसलाई उनले बाथरूममा राखेकी छन्।

उक्त कुरा उनले एक अन्तर्वार्तामा खुलासा गरेकी थिइन्। ‘म बाल्यकालमा बाथरूममा श्याम्पुको बोटल हातमा लिएर भाषण गर्थे र अवार्ड पाउने सपना देख्थे। त्यही भएर मैले आफ्नो अवार्ड बाथरूममै राखे। घरमा पाहुना आए भने पनि अस्कर अवार्ड देखिहाल्छन्,’ उनले भनेकी थिइन्।

केटले १५ वर्षको उमेरमा ब्रिटिश टेलिभिजन सिरिज ‘डार्क सिजन’ बाट अभिनयमा डेब्यू गरेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖