• Wednesday 7th of October 2026

चलचित्र ‘छक्का पञ्जा ५’को निरन्तर विवाद श्रृखला


  • धनकुटा खबर
  • .

काठमाडौ । चलचित्र ‘छक्का पञ्जा ५’को ट्रेलर एक घण्टामा १ लाख पटक हेरियो । तर कमेन्टमा हजारौंले गालीको बर्षा गरे । अनपेक्षित गाली आएपछि अभिनेता तथा निर्माता दिपकराज गिरीले सामाजिक सञ्जालबाट गाली गर्ने दर्शकलाई धन्यवाद दिए ।

प्रर्दशन हुनु ५ दिन अघि मात्रै चलचित्रको ट्रेलर सार्वजनिक गरेको निर्माण पक्षले अघिल्ला प्रचार सामाग्रीमा पनि दर्शकको गाली खाएको थियो । ट्रेलरमा गाली खानुको मतलव चाही कमजोर ट्रेलरसँगै प्रतिश्पर्धी चलचित्रको प्रचार रणनीति देखिन्छ ।

ट्रेलरको कमेन्टमा गाली गर्नेहरुले चलचित्र ‘१२ गाँउ’को प्रचार गरिरहेको देख्न सकिन्छ ।

गतमहिना युट्युवमा सार्वजनिक ‘विहे भाको छैन म, कुमारी नि हैन म’ गीतमा धेरैले आलोचना गरे । विहे नभाको तर कुमारी पनि हैन भन्नुको अर्थ खोज्दै उतश्रृखल गीतको संज्ञा दिदै आलोचना हुन थालेपछि अभिनेता दिपकले शव्दकोष पल्टाएरै देखाउनु परेको थियो ।

चलचित्रको दोश्रो गीत ‘बल्ल बुझें चाल तेरो रैछ त्रिताले, तँलाई सपिङ गर्दिएको पैसा फिर्ता ले’ पनि विवाद भयो । सामाजिक सञ्जालमा चलचित्रको गीतलाई लिएर महिलाबादी रुष्ट बने । सम्बन्ध विच्छेदपछि बैवाहिक सम्बन्ध अघि बढाउने जोडीलाई गालीगैलजा गर्दै गीत सार्वजनिक गरेसँगै चलचित्रका निर्देशक निर्माता दिपक दिपाको भर्चुअल दुनियाँमा बेसरी गाली खाए ।

सामायिक सञ्जालमा निरन्तरको आलोचनासँगै दिपक पछिल्लो समय रुष्ट छन् । उनी आफ्नो चलचित्रको विरुद्ध साइबर सेना प्रयोग गरिएको भन्दै आलोचना गर्ने गरेका छन् । चलचित्र ‘१२ गाँउ’को निर्माण पक्षले आफ्नो चलचित्रविरुद्ध प्रचारयुद्ध छेडेको आरोप लगाउदै पछिल्लो समय उनले सामाजिक सञ्जालमार्फत आफ्नो प्रचार गर्न सुझाए ।

यही दशैंको फुलपातीबाट प्रर्दशन हुने चलचित्र १२ गाँउ, ज्वाईसाप र छक्का पञ्जामा दर्शक बाँडिने निश्चित छ । हास्यव्यङ्ग्य विद्याका कलाकार जितु नेपालको ज्वाईसाप र दिपकको छक्का पञ्जा ५ बीचसर्वाधिक विवाद देखिएपनि पछिल्लो समय दर्शकको मुड हेर्दा ‘१२ गाँउ’ र ‘छक्का पञ्जा ५’ बीच कडा टक्कर हुने देखिएको छ ।

सधै चर्चा र विवादकाबीच चलचित्र प्रर्दशन सुरु हुने उनको ‘छक्का पञ्जा ४’ को प्रर्दशन पनि यस्तै विवादका बीच सुरु भएको थियो । अभिनेता अनमोल केसीको चलचित्र छड्के २.० सँगै प्रर्दशन भएको चलचित्र ‘छक्का पञ्जा ४’ले तत्कालीन समयमा बाजी मारेको थियो ।
नेपाली दर्शककको मुडलाई यसै भन्न सकिन्न ।

अभिनेता पल शाहको एक्सन जनराको चलचित्र ‘रावायण’ चलेन । बक्सअफिसमा चलचित्र १२ गाँउ चल्छ नै भन्न सकिन्न । बर्षैंदेखि पुरानो राजाको कथा रहेको ‘छक्का पञ्जा ५’ले राम्रो व्यापार गर्छ नै भनेर ठोकुवा गर्ने आधार पनि देखिन्न ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖