• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

यसरी इसराइलको जमिनमा खस्यो हिजबुल्लाहले हानेको रकेट


  • धनकुटा खबर
  • .

हिजबुल्लाहले हानेको रकेट इसराइली जमिनमा खसेको छ।

आइतबार राति हिजबुल्लाहले उत्तरी इसराइलको हाइफा सहरमा रकेट आक्रमण गरेको र उक्त रकेट जमिनमै खसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ।

रकेट आक्रमणमा परी कम्तिमा १० जना घाइते भएको त्यहाँका अस्पतालहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यहरूले उल्लेख गरेका छन्।
इसराइलको आकाश अत्यन्त सुरक्षित मानिन्छ। आकाशबाट हुने जुनसुकै हमलाहरू पनि इसराइलले आकाशमै निस्तेज पार्ने क्षमता राख्छ।

यद्यपि आइतबार भने हिजबुल्लाहले गरेको रकेट आक्रमण इसराइली जमिनमा खसेको हो। यसले त्यहाँको डिफेन्स सिस्टममाथि पनि प्रश्न उठाएको छ।

हिजबुल्लाहले कार्मेल सैनिक सिविरलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। उसले कम्तिमा १०० वटा रकेट ती क्षेत्रहरूलाई लक्षित गरी प्रक्षेपण गरेको बताएको छ।

इसराइलले पनि बेरूतमा निरन्तर आक्रमण गरिरहेको छ। बेरूतसहितका लेबननी भूमीमा इसराइली आक्रमणका कारण दुई सातामै कम्तिमा १४ सय जनाको मृत्यु भइसकेको अमेरिकी अखबार सिएनएनले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖