काठमाडौ। महानगरपालिकाका मेयर बालेन्द्र शाहा(बालेन)ले चाडपर्व भन्दै फुटपाथमा व्यापार गर्न नपाइने बताएका छन् । बिहीबार सामाजिक संजालमार्फत मेयर शाहले फुटपाथमा मानव आवतजावतबाहेकका सबै क्रियाकलापलाई निषेध गरिने निती चाडवाडको कारण नरोकिन बताएका हुन् ।
उनले पैदल यात्रीका लागि पर्वका समयमा अन्य समयभन्दा जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर बाहिर निस्कने हुनाले फुटपाथ अझ बढी आवश्यक पर्ने बताएका छन् ।
कर्मचारीहरुले प्रयोग गरिरहेको कार्यालयको नाममा दर्ता भएको सवारी साधन दशैं र तिहारको बिदामा सञ्चालन नगर्न महानगरले निर्देशन दिएको हो । सरसफाइमा प्रयोग हुने र नगर प्रहरीको ड्युटीबाहेक अन्य सवारी साधन नचलाउन महानगरपालिकाले भनेको छ ।
त्यस्तै, अत्यावश्यक कामका लागि दमकल, एम्बुलेन्स र फोहोरसँग सम्बन्धितबाहेक अन्य कुनै पनि सवारी चलाउन नपाउने महानगरपालिकाले स्पष्ट पारेको छ ।
