• Saturday 28th of November 2026

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु


  • धनकुटा खबर
  • .

धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ मनहरामा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का २४० वर्षीय भरत भाटको मृत्यु भएको छ।

भाटले चलाएको सु.प.प्र.०१ ००८ प ८९९७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर पल्टिएको थियो।

दुर्घटनामा भाटको टाउको, हात र खुट्टामा चोट लागेको थियो भने अवस्था गम्भीर थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलमा सवार १७ वर्षीया अनिशा भाटको हात र खुट्टामा चोट लागेको थियो। उनीहरु दुबै जनालाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पतालमा पुगाइएकोमा सोमबार राति भरत भाटको मृत्यु भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖