• Saturday 28th of November 2026

यसरी भयो सीतापाइलामा चारवटा गाडी दुर्घटना


  • धनकुटा खबर
  • .

काठमाडौंको सीतापाइलामा चार वटा गाडी आपसमा ठोक्किएका छन्।
मंगलबार साढे ११ बजे तिर सीतापाइला चोक नजिकै चार वटा सवारीसाधन ठोक्किएका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन कार्कीका अनुसार गुडिरहेको बस, मोटरसाइकल, कार र डिआइ गाडी दुर्घटनामा परेका हुन्।

बा १६ च ६३३७ नम्बरको कार र बा.प्र ०२ ०३४ प ४३०२ नं. मोटरसाइकलसँगसँगै गुडिरहेको थियो।

मोटरसाइकलले कारलाई ओभरटेक गर्न खोज्दा कारले ब्रेक लगाएको थियो।

त्यही बेला पछाडि गुडिरहेको बा ४ ख ८९७२ नम्बरको महानगर यातायातले कारलाई ठक्कर दिएको हो।

कारलाई ठक्कर दिएपछि मोटरसाइकल कारको टायरमुनि परेको छ भने पछि सोही कार विपरीत दिशाबाट आउँदै गरेको बा १० च ८७७५ डिआई गाडीमा पुन ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकल चालक घाइते छन्। ताप्लेजुङ सिजङगा गाउपालिका-४ घर भई हाल जिल्ला काठमाडौं कलंकी बस्ने ५० वर्षीय हर्कबहादुर खड्का घाइते छन्।

उनलाई मनमोहन अस्पतालमा लगिएको छ।
अन्य यात्रुहरू सबै सुरक्षित रहेको र सवारीसाधनमा भने क्षति पुगेको छ।
क्षति भएका सबै गाडी प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणमा छ।

महानगर यातायात बस चालकले अर्को सवारीसाधनसँग दुरी कायम नगरी र ध्यान नदिएर चलाएको हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖