काठमाडौँ । काठमाडौँबाट सिन्धुली जाँदै गरेको बस मंगलबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
प्रदेश–३–०१–००५ ख ९५७९ नम्बरको यात्रुवाहक बस खाँडदेवी गाउँपालिका–३ भीरपानीमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदीप सिंहका अनुसार मृत्यु हुनेमा सुनकोशी गाउँपालिका–६ की युनिषा श्रेष्ठ रहेकी छिन् ।
घाइते हुनेहरूको नाम खुलेको छैन ।
