• Wednesday 7th of October 2026

लोकगायक अर्जुन सापकोटाले गरे बिहे


  • धनकुटा खबर
  • .

लोकगायक अर्जुन सापकोटाले विवाह गरेका छन्।

उनले दिपा सिंम्खडासँग विवाह गरेका हुन्। उनीहरूकाे विवाह समारोह काठमाडौं गंगबुको एक ब्यांक्विटमा आयोजना भइरहेको छ। यी दुईबीच प्रेम विवाह भएको हो।

सिम्खडा कलाकारिताभन्दा बाहिरी क्षेत्रकी हुन्। उनी काठमाडौं बनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो।

विवाह समारोहमा दुवैको परिवार, आफन्त र सीमित साथीभाइ सहभागी छन्।

गायक अर्जुन सापकोटाका ‘पछ्यौरी लिसियो, बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै’ लगायत गीतहरू चर्चित छन्। उनी गायनसँगै मोडलिङ समेत गर्छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖