• Saturday 28th of November 2026

यसरी सडकबाट सय मिटर तल खस्यो गाडी, १० जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौ । पर्वतमा गाडी दुर्घटनामा परेको छ।

पोखराबाट १२ जना यात्रु बोकेर महाशिला जाँदै गरेको बी ए ए १९९४ नम्बरको स्कार्पियो गाडी दुर्घटनामा परेको हो।

बुधबार राति १० बजे फलेवास नगरपालिका र महाशिला गाउँपालिका-५ मा लंखुमा गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी रविन विष्टले जानकारी दिए।

‘गाडी सडकबाट सय मिटर तल खसेको थियो,’ उनले भने, ‘गाडीमा सवार १२ मध्ये १० जना घाइते भएका छन्।’

घाइते भएकाहरूको जिल्ला अस्पताल कुस्मा उपचार गरिएका ५ जना डिस्चार्ज भइसकेका छन्। ५ जनाको थप उपचार गर्न पोखरा रिफर गरिएको छ। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको डिएसपी विष्टले बताए।

सडक निर्माण गर्न त्यहाँ ढुंगाहरू छापिएका छन्। बाटो अप्ठारो भएकै कारण गाडी दुर्घटनामा परेको प्रहरी अनुमान छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖