• Wednesday 7th of October 2026

नेपाल फर्किँदै गरेका सन्दीपलाई यसरी दिन सक्छ अमेरिकाले भिसा


  • धनकुटा खबर
  • .

काठमाडौं– नेपाली क्रिकेट टीम लिग २ को अर्को श्रृंखलाका लागि अमेरिका प्रस्थान गरेको छ। क्यानडाबाट विहीबार नेपाली टीम अमेरिका लाग्दा स्पिनर सन्दीप लामिछाने भने नेपाल फर्किएका छन्।

सन्दीपसँग अमेरिकाको भिसा नभएकाले नेपाल फर्किनुपरेको हो। उनले सामाजिक सञ्जालबाट आफू फर्किँदै गरेको जानकारी गराएका छन्।

डेढ महिनाअगाडि अमेरिकी दूतावासमा सन्दीपले गरेको भिसा आवेदन अझै पनि होल्डमा छ। टीमका सबै खेलाडीलाई अमेरिकाले तत्काल तीन महिनाको भिसा दिए पनि सन्दीपको आवेदन विचाराधीन राखिएको थियो। उनी पासपोर्ट फिर्ता लिएर क्यानडा उडेका थिए।

सन्दीपमाथि बलात्कारको अभियोगमा सफाई भए पनि उच्च अदालत जाने स्थिति रहेका कारण अमेरिकाले भिसा रोकेको हो। अब सन्दीप नेपाल फर्किएपछि फेरि अमेरिकी दूतावासमा भिसाको प्रकिया अघि बढाइने नेपाल क्रिकेट संघ (क्यान) स्रोतले बतायो।

नेपालस्थित अमेरिकी नियोगमा उच्च अदालत पाटनको फैसला र महान्यायाधीवक्ताको कार्यालयले मुद्दा चलाउन नपर्ने तथा अभियोग लगाउने गौशाला २६ को मुद्दा फिर्ताको निवेदनसमेतको जानकारी गराए अमेरिकाले भिसा दिन सक्छ।

नेपालले अमेरिका र स्कटल्यान्डसँग लिग २ का ४ खेल खेल्नेछ। यसअघि क्यानाडामा तीन खेल हारेको नेपालका लागि यो श्रृंखला निकै महत्त्वपूर्ण छ। अमेरिका र क्यानडा दुवै नेपालका लागि बलिया प्रतिस्पर्धी हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖