• Wednesday 7th of October 2026

क्यानडाबाटै फर्किए सन्दीप, आखिर अमेरिकाले किन दिएन भिसा ?


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । आइसिसी विश्वकप लिग २ का खेल खेल्न क्यानडा गएका लामिछाने स्वदेश फर्किएका हुन् ।

सन्दीपसँग अमेरिकाको भिसा नभएका कारण उनी स्वदेश फर्किएका हुन् । नेपाली टोली भने क्यानडाबाटै अमेरिका गएको छ । सन्दीपले अदालतबाट आफूमाथि लागेको मुद्दामा सफाइ पाएपनि अमेरिकाले उनलाई भिसा दिन मानेको छैन ।

सन्दीपले क्यानडा जानुभन्दा अघि नै अमेरिकाको लागि भिसा प्रक्रिया थालेका थिए । तर, अमेरिकाले उनलाई भिसा दिएन । नेपालले अमेरिकामा लिग २ का खेलहरू अक्टोबर २५ देखि खेल्नेछ ।

अमेरिकाले किन दिएन भिसा ?
भिसा अस्वीकार किन गरेको भन्ने बारे दूतावासले खुलाउने गरेको छैन । तर नाबालिग बलात्कारको अभियोग लाग्नु अगाडि सहजै उनले भिसा पाउने गरेको र यही आरोपपछि पटक पटक भिसाको आवेदन अस्वीकृत भएकाले कारण नाबालिग बलात्कारको आरोपसँगै सन्दीपको व्यवहार देखिन्छ ।

सन्दीपमाथि नाबालिग बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता हुँदा उनी नेपालमा थिएनन् । विदेशमा रहेका उनले जाहेरी दर्ता भएकाले नेपाल फर्किने बताएका थिए । उनी आबद्ध क्लबले समेत उनीसँगको अनुबन्ध खारेज गरेपछि उनी नेपाल फर्किने भन्दै हिँडे तर नेपाल फर्किएनन् ।

उनी एकाएक सम्पर्कहीन भएपछि खोजीका क्रममा अमेरिकामा गएर बसेको खुल्यो । अनि नेपाल प्रहरीले इन्टरपोल मार्फत उनको नाममा डिफ्युजन नोटिस जारी गरेपछि मात्र दबाबमा लामिछाने नेपाल फर्किएका थिए ।

उनले एक पटक अमेरिकाको भिसाको दुरुपयोग गरेर गम्भीर अपराधको अनुसन्धानबाट जोगिन अमेरिकी भूमिको प्रयोग गरेकाले समेत उनको भिसा आवेदन पटक-पटक अस्वीकृत भएको हुन सक्ने देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖