• Wednesday 7th of October 2026

नेपाल फाइनलमा उज्बेकिस्तानसँग पराजित


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाल काभा यु-२० को फाइनलमा शनिबार उज्बेकिस्तानसँग पराजित भएको छ । श्रीलंकाको कोलम्बोमा भएको फाइनलमा नेपालले पहिलो सेट जितेर अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन ।

उत्कृष्ट पुनरागमन गरेको उज्बेकिस्तान चार सेट चलेको उपाधि भिडन्तमा २५-२७, २५-१०, २५-१६ र २५-२० ले पराजित रह्यो । उज्बेकिस्तान प्रतियोतियोगितामा अपराजित रहेर उपाधि जित्न असफल रह्यो । लिग चरणमा पनि नेपाल उज्बेकिस्तानसँग पराजित रहेको थियो ।

प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा तुर्कमिनिस्तानले किर्गिस्तानलाई पाँच सेटमा पराजित गर्‍यो ।

सुरुआती दुई सेट गुमाएको तुर्कमिनिस्तान रोमाञ्चक खेलमा २३-२५, २३-२५, २५-२०, २५-२३ र १५-१३ ले विजयी रह्यो । प्रतियोगितामा आयोजक श्रीलंका र नेपालसँगै उज्बेकिस्तान, तुर्कमिनिस्तान, किर्गिस्तान र माल्दिभ्सको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖