• Wednesday 7th of October 2026

फिल्म ‘छक्का पञ्जा ५’ ले दुई दिनमा कति कमायो ?


  • धनकुटा खबर
  • .

काठमाडौँ– फिल्म ‘छक्का पञ्जा ५’ ले प्रदर्शनमा आएको दुई दिनमै चार करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ । फूलपातीको दिनदेखि प्रदर्शनमा आएको फिल्मले विहिबार र शुक्रबार सो रकम कलेक्सन गरेको हो ।

फिल्मको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार दुई दिनमा देशब्यापी ४ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको ले जनाएको छ ।

वितरक मनोज राठीले पहिलो दिन फिल्मले १ करोड ८० लाखदेखि २ करोडसम्म कमाइ गरेको बताए । ‘यो छक्कापञ्जाको अघिल्लो सिरिजको तुलनामा रेकर्ड ब्रेक भएको उनको भनाइ छ ।

ट्रेन्ड हेर्दा विजया दशमीको दिनमा शनिबार र आइतबारको सार्वजनिक बिदाको दिनमा गरि फिल्मको ४ दिने कूल कलेक्सन ५ करोड नाघ्ने प्रक्षेपण वितरकको छ । दशैं बिदा सोमबारसम्मै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖