फलफूलल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (सोमबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।
कालीमाटीमा आज आलुको मूल्य आकाशिएको छ। हिजो ८६ रुपैयाँ प्रतिकिलो रहेको रातो आलुको मूल्य आज १०२ रुपैयाँ पुगेको समितिले जनाएको छ। त्यसैगरी च्याउको मूल्यमा भने व्यापक गिरावत आएको छ।
कालीमाटीमा आज भारतीय रातो आलु ६६, मुडेको आलु ८२, सुकेको भारतीय प्याज १०७, गाँजर १४५, लोकल बन्दा ७५, तराईको बन्दा ३५, स्थानीय काउली ११५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरी मुला ४५, भन्टा ७५, बोडी ५५, करेला ८५, लौका ५५, परबल ८५, घिरौँला ९५, पाकेको फर्सी ५५, ठूलो भारतीय गोलभेँडा १४५, सानो नेपाली गोलभेँडा ८५, स्कुस ३५, रायोको साग १९०। पालुंगोको साग १९०, चमसुरको साग ३७६, कन्य च्याउ १३०, डल्ले च्याउ २७६, कुरिलो ५००, ब्रोकाउी १६५ रुपैयाँ प्रतिकिलो छ। यो सबै औसत मूल्य हो।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा १४५, सानो नेपाली गोलभेँडा १२५, रातो आलु ८६, भारतीय रातो आलु ६३, मुडेको रातो आलु ८२, भारतीय प्याज १०७, लोकल गाँजर १५५, तराईको गाँजर १३५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरी लोकल बन्दा ५५, तराईको बन्दा ३५, स्थानीय काउली १२५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ७५, तने बोडी ९५, मकै बोडी ७५, करेला ८५, लौका ५५, परबल ७५, घिरौँला ९५, पाकेको फर्सी ५५, हरियो फर्सी ३५, भिन्डी ६५, स्कुस ३५, रायोको साग २१०, पालुंगोको साग २७६, चमसुरको साग ३५०, कन्य च्याउ १२५, डल्ले च्याउ ३२६, ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलो थियो।
