• Wednesday 7th of October 2026

न्यूजिल्याण्ड महिला टी-२० विश्वकपको सेमिफाइनलमा,पाकिस्तान हार्दा भारत बाहिरियो


  • धनकुटा खबर
  • .

काठमाडौं । न्युजिल्याण्ड आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइलनमा प्रवेश गरेको छ ।

गएराति दुबईमा भएको खेलमा पाकिस्तानलाई पराजित गर्दै न्युजिल्याण्ड आईसीसी महिला टी–२० विश्वकपको सेमिफाइलनमा प्रवेश गरेको हो ।पाकिस्तानको पराजयसँगै भारत समुह चरणबाटै बाहिरिएको छ ।

न्युजिल्याण्डले दिएको १ सय ११ रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तान ५६ रनमा अलआउट हुन पुगेको थियो । नेट रन रेटमा ठूलो अन्तरले हराउनुपर्ने दबाबमा रहेको पाकिस्तानको टोली ५६ रनमै समेटिन पुग्यो । खेल पाकिस्तानले जितेको भए भारतको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो थियो ।

समूह ‘ए’बाट अष्ट्रेलिया र न्युजिल्याण्ड सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖