• Wednesday 7th of October 2026

यस्तो छ महिला साफ च्याम्पियनसिपमा भिड्ने नेपाली टोली


  • धनकुटा खबर
  • .

कात्तिक १ देखि १४ सम्म काठमाडौंको दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप २०२४ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ।
नेपाली टोलीमा रेनुका नगरकोटीले पुनरागमन गरेकी छिन्। यसअघि चोटका कारण उनी टोलीबाट बाहिरिएका थिए।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिका अनुसार अखिल नेपाल फुटवल संघ (एन्फा) ले प्रतियोगिता आयोजना गर्न लागेको हो।
नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजन गर्न लागेको हो। यसअघि नेपालले सन् २०२२ र २०१९ मा पनि प्रतियोगिता आयोजना गरेको थियो। दुवै संस्करणमा नेपाल उपविजेतामा सीमित बनेको थियो।

प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन्।

समूह ‘ए’ मा भारत, बंगलादेश र पाकिस्तान छन्। समूह ‘बी’ मा नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान छन्।

प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय महिला टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ।
प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर स्कुलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको एन्फाले जनाएको छ।

प्रतियोगिताको पहिलो खेल बिहीबार भारत र पाकिस्तानबीच हुनेछ।
नेपालको पहिलो खेल शुक्रबार भुटानसँग छ।

नेपाली टोली
गोलकिपर : अन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर : गीता राना, अमृता जैसी, समिक्षा घिमिरे, निशा थोकर, पूजा राना, विमला विक, हिराकुमारी भुजेल, सजनी थोकर
मिडफिल्डर: रेनुका रगरकोटी, प्रिति राई, सरु लिम्बू, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की, विमला चौधरी
फरवार्ड : रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल, सावित्रा भण्डारी साम्बा

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖