दाङमा आफैंले चक्कु हानेर मृत्यु भएको भनिएका अनिल तामाङको आफ्नै दाजुले हत्या गरेको खुलेको छ ।
घरायसी जग्गा विवादका कारण दाजु पूर्ण तामाङले चक्कु प्रहार गरी भाइ अनिलको हत्या गरेको खुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक अनिल ठकुरीले बताउनु भयो ।
भक्तपुरको चाँगुनारायण नगरपालिका-६ घर भइ हाल दाङको बबई गाउँपालिका ४ बस्ने सोमार तामाङका २८ वर्षीय छोरा अनिल तामाङलाई उनका दाजु ३२ वर्षीय पूर्ण तामाङले मंगलबार चक्कु प्रहार गर्दा घाइते भएका थिए ।
घाइते तामाङको उपचारका क्रममा तुलसीपुरमा मृत्यु भएको थियो ।
