• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरूद्ध पक्राउ पुर्जी जारी


  • धनकुटा खबर
  • .

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

बिबिसी हिन्दीका अनुसार बंगलादेशको एक विशेष अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।

‘अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ ग‍र्न र उनलाई नोभेम्बर १८ सम्म अदालतमा जारी हुन आदेश जारी गरेको छ,’ अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (इन्टरनेसनल क्रिमिनल ट्राइब्युनल) का मुख्य अभियोजक मोहम्मद तजुल इस्लामले भने।

पूर्वप्रधानमन्त्री हसिना गत अगष्टमा निर्वासनमा गएकी थिइन्। युवाहरूको प्रदर्शन उग्र बन्दै गएपछि उनी देश छाडेर भारतको शरणमा पुगेकी थिइन्। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन्।

१५ वर्षसम्म सत्तामा रहेकी उनीविरूद्ध मानवताविरूद्धको अपराध कसुरमा पुर्जी जारी भएको हो। प्रदर्शनको क्रममा मानव उल्लंघन, ठूलो समूहलाई पक्राउ र उनका राजनीतिक प्रतिस्पर्धीको गैरन्यायिक हत्या समेत गरेको आरोप छ।

‘हसिना जुलाईदेखि अगष्टसम्म नरसंहार, हत्या र मानवताविरूद्धको अपराध गर्ने नेताको रूपमा थिइन्,’ इस्लामले भने।

अभियोजक बिएम सुल्तान महमुदले अभियोजन पक्षले दुई उजुरी पेस गरेपछि पुर्जी जारी भएको हो।

अदालतले हसिनाको अवामी लिग पार्टीका पूर्वमहासचिव ओबाइदुल क्वेदरसहित ४४ जनाविरूद्ध पुर्जी जारी गरेको हो। अन्य ४४ जनाको नाम भने सार्वजनिक भएको छैन।

हसिनाको सत्ताच्यूत भएपछि दर्जनौं साथीहरूलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖