• Sunday 29th of November 2026

डेंगु संक्रमणबाट पर्यटन व्यवसायी मिश्रको ७३ वर्षमा निधन


  • धनकुटा खबर
  • .

काठमाडौ । पर्यटन व्यवसायी बसन्तराज मिश्रको निधन भएको छ । आज बिहान उनको निधन भएको हो ।

उनलाई केही दिनअघि डेंगु संक्रमण देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न रहेका मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए ।

७३ वर्षीय मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए । उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन् ।

मिश्रको शव अहिले बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिने बताइएको छ । त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

मिश्रका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको निधनले नेपालको आधुनिक पर्यटन इतिहासको एक महत्त्वपूर्ण अध्यायको समाप्ति भएको छ।

उनले मुलुकको पर्यटन क्षेत्रलाई अन्तराष्ट्रिय स्तरमा डोर्‍याउँदै आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖