• Wednesday 7th of October 2026

१० दिनमै ‘छक्का पञ्जा ५’ ले कमायो १५ करोड ४० लाख


  • धनकुटा खबर
  • .

दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा ५’ले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ। दसैँको अवसरमा असोज २४ गतेबाट रिलिज भएको यस फिल्मले १० दिनमा देशभर १५ करोड ४० लाख ग्रस कलेक्सन गरेको छ।

यस फिल्मले शनिबारसम्म १५ करोड ४० लाख ग्रस कलेक्सन गरेको वितरक कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ। पहिलो साता भने फिल्मले साढे ११ करोड कमाइ गरेको थियो।

दोस्रो बिहीबार १ करोड २० लाख, दोस्रो शुक्रबार पनि १ करोड २० लाख र दोस्रो शनिबार १ करोड ५० लाख ग्रस कमाइ गरेको ब्यांकटेसले उल्लेख गरेको छ।

‘छक्कापञ्जा ४’ले दोस्रो सप्ताहन्तसम्म साढे १० करोड ग्रस कमाई गरेको थियो। अघिल्लो श्रृंखलाभन्दा ‘छक्का पञ्जा ५’ ले तीब्र गतिमा व्यापार गरिरहेको निर्माण टिमले जनाएको छ।

यस फिल्ममा दीपकराज गिरी, वर्षा शिवाकोटी र केदार घिमिरे मुख्य भूमिकामा छन्।

फिल्ममा दीपकसहित केदार र निर्मल शर्माको लगानी छ। दीपककै कथा, पटकथा र संवाद रहेको फिल्मको कथा कर्मचारीतन्त्र र राजनीतिमा केन्द्रित छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖