काठमाडौँ । इङलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटीले नाटकीय गोल गर्दे वोल्भ्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वोल्भ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै जित हात पारेको हो ।
सिटीको जितमा खेलको ९५औं मिनेटमा जोन स्टोन्सले निर्णायक गोल गरे । यस अघि १-० गोलले पछि परेको सिटीलाई ३३औं मिनेटमा जोसको ग्भार्डिओलले बराबरी गोल गरे भने वोल्भ्सका लागि जोर्गेन स्ट्रान्ड लार्सेनले एक गोल गरे ।
यो जितसँगै सिटी ८ खेलमा २० अंकसहित लिगको शिर्ष स्थानमा रहेको छ । वोल्भ्सको भने यो यस सिजनमा ८ खेलमा सातौं हार हो । एक अंक रहेको वोल्भ्स अंक तालिकामा पुछारमा छ ।
