• Tuesday 6th of October 2026

नेपाल आइन् साम्बा


  • धनकुटा खबर
  • .

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मुख्य फरवार्ड सावित्रा भण्डारी साम्बा साफ महिला च्याम्पियनसिपका लागि स्वदेश आइपुगेकी छिन्।

साम्बा आइतबार मध्यराति नेपाल आइपुगेकी हुन्। व्यवसायिक लिगका लागि फ्रान्सको शीर्ष डिभिजन क्लब एन अभान्टा गुएङ्ग्याम्पमा आवद्ध साम्बा राष्ट्रिय टोलीको जिम्मेवारी पूरा गर्न स्वदेश फर्किएकी हुन्।

साम्बाको क्लबले नयाँ सिजनमा पहिलो जित दर्ता गर्दा उनले क्लबका लागि गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन्।

साम्बा सम्भवत: आज सोमबार हुने माल्दिभ्सविरुद्धको खेलमा मैदान उत्रनेछिन्।

च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो। जुन साफ इतिहासमा भुटानविरुद्ध नेपालको खराब प्रर्दशन हो।

अघिल्ला खेलहरुमा भुटानलाई सहजै हराउँदै आएको नेपाल पहिलो पटक गोलरहित बराबरीमा रोकिएको थियो।

भुटानविरुद्धको खेलमा साम्बाको अभाव पूर्णरुपमा देखिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖