• Tuesday 6th of October 2026

आसिफ अर्धशतक बनाएर आउट


  • धनकुटा खबर
  • .

काठमाडौं। अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाएर आउट भएका छन्।

ग्रान्ड प्रेरिमा जारी खेलमा आसिफले ३८ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन्। यसलगत्तै १०.१ आसिफ आउट भए।

उनलाई अमेरिकाका जुआनोय ड्रिसडेलले आउट गरेका हुन्। यसअघि अनिल साह १३ रनमा आउट भएका हुन्। नेपालले १०.१ ओभरमा २ विकेटको क्षतिमा ८३ रन बनाएको छ।

अमेरिकाले दिएको १५७ रनको लक्ष्यमा नेपालले जावफी ब्याटिङ गरिरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖