• Saturday 28th of November 2026

सितापाइलामा रोकेर राखिएको कारमा आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौंको सितापाइलामा पार्क गरेर राखिएको कारमा आगलागी भएको छ।

सोमबार बिहान सीतापाइलामा सडक छेउ रोकेर राखिउको बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको हो।

अहिले कारमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको सिआरभी सीतापाइलाका प्रहरी सहायक निरीक्षक शशीकुमार मण्डलले जानकारी दिए।

प्रसनि मण्डलका अनुसार तार सर्ट भएर कारमा आगलागी भएको हो।

कारमा लागेको आगो दमकलको सहायताले निभाइएको छ। कार पूर्ण रूपमा क्षति भएको पनि प्रसनि मण्डलले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖