• Tuesday 6th of October 2026

माल्दिभ्सविरुद्ध नेपालको गोल वर्षा, रेखाको ५ गोल, प्रीतिको ह्याट्रिक


  • धनकुटा खबर
  • .

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध नेपालले ११-० को फराकिलो अन्तरको जित हासिल गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा रेखा पौडेल एक्लैले पाँच गोल गरिन । यस्तै प्रीति राईले पनि ह्याट्रिक गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक-एक गोल गरे ।

च्याम्पियनसिपमा दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा छ ।

दुई खेलबाट समान ४ अंक भएपनि भुटान गोल अन्तरमा पछि छ । श्रीलंकाको ३ अंक छ । लगातार दुई खेल हारेपछि माल्दिभ्स समूह चरणबाटै बाहिरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖