काठमाडौँ – धनतेरसको दिन भगवान कुबेरको पूजा गर्न र किनमेल गर्न उत्तम मानिन्छ। यस दिनको शुभ मुहूर्तमा सुन, सवारी साधन, सम्पत्ति आदि खरिद गर्दा देवी लक्ष्मी प्रसन्न हुने धार्मिक विश्वास छ।
दीपावलीको पर्व धनतेरसबाट सुरु हुन्छ । प्रत्येक वर्ष कार्तिक महिनाको कृष्ण पक्षको त्रयोदशीका दिन धनतेरस मनाइन्छ । यस दिन धन प्राप्तिका लागि भगवान कुबेर र भगवान धन्वंतरीको पूजा गर्ने चलन छ ।
साथै, धनतेरसको दिन किनमेलको लागि धेरै शुभ मानिन्छ। यदि तपाई पनि यो धनतेरसमा सुन, सवारी साधन, घरजग्गा, घर किन्ने सोचमा हुनुहुन्छ भने तपाईका लागि कुन शुभ समय रहनेछ हेर्नुहोस् । धनतेरसलाई धनत्रयोदशी पनि भनिन्छ।
धनतेरसमा किनमेलका लागि ३ शुभ समय
धनतेरसका दिन घर, भाँडाकुँडा, सुनचाँदीका गरगहना, इलेक्ट्रोनिक्स लगायतका सामान खरिद गरिन्छ । यदि तपाईं धनतेरसमा किनमेल गर्न जाँदै हुनुहुन्छ भने यी कुराहरूलाई ध्यानमा राख्नुस् ।
धनतेरसको दिन किनमेल गर्ने चलन रहेकाले दिनभर किनमेल गर्न सकिने भएपनि धनतेरसको दिन साँझको समय लक्ष्मी र कुबेरको पूजा र यम दीपदानसँगै किनमेलका लागि उपयुक्त समय हुने विद्वानहरु बताउँछन् ।
धनतेरसमा यी सामान किन्नुहोस्
धनतेरसको दिन सुन, चाँदी, काँसा, फूल, पीतल वा तामाबाट बनेका वस्तु मात्रै खरिद गर्नुपर्छ । यो तपाईंको लागि लाभदायक हुनेछ। धातुका भाँडाहरू अवश्य किन्नुहोस्, किनकि यस दिन भगवान धन्वंतरी समुद्र मन्थनको क्रममा कलशमा अमृत लिएर आउनुभएको थियो, त्यसैले यस दिन धातुका भाँडाहरू किन्नुहोस्।
