• Sunday 29th of November 2026

भाले ठुलो स्वरमा बासेको भन्दै छिमेकीविरुद्ध मुद्दा


  • धनकुटा खबर
  • .

काठमाडौ । भाले ठुलो स्वरमा बासेको रिसमा फ्रान्समा छिमेकीले एक परिवारविरुद्ध मुद्दा हालेका छन् ।

मुद्दासँगै बोरगोइँ जालियूँमा ‘रिको’ नाम गरेको बान्टाम भालेका मालिकहरू अदालतमा उपस्थित हुने तयारीमा छन् ।‘एकाग्रतामा समस्या, राम्रोसँग सुत्न नपाउने, कान नै दुख्ने’ लगायत आरोप लगाएर रिकोका मालिकहरूविरुद्ध छिमेकी मुद्दा दर्ता गरेका छन् । यो मुद्दाको सुनुवाइ आगामी वर्षको जनवरीमा हुने भनिएको छ ।

आफ्नो नाम खुलाउन नचाहने छिमेकीका अनुसार भालेले दिनरातै बासेर हैरानी दिने गरेको छ । ५ वर्षीय रिकोका मालिक फ्रांक भने उक्त आरोप अस्वीकार गर्छन् ।

भाले बस्ने खोरमा अटोमेटिक सिस्टम रहेको र उक्त खोरको ढोका जाडो समयमा बिहान साढे ८ बजे र गर्मीमा ९ बजे खुल्ने उनको भनाई छ । भालेले बिहानको समयमा करिब एक घण्टामा १५ पटक र दिनमा थप केही पटक बास्ने गरेको पनि उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖