• Wednesday 7th of October 2026

अभिनेता रवि तेजाको कति छ सम्पत्ति?


  • धनकुटा खबर
  • .

दक्षिण भारतीय अभिनेता रवि तेजाले आफ्नो फिल्मी करियर सह-अभिनेताको रूपमा सुरू गरेका थिए। ९ वर्षपछि उनी सन् १९९९ मा फिल्म ‘नी कोसम’ बाट मुख्य अभिनेताका रूपमा देखिएका हुन्।

उनले ‘अम्मा नन्ना ओ तमिला अम्मायी, वेंकी, पावर’ जस्ता फिल्मबाट दर्शकको मन जिते। यी फिल्मबाट उनी एक्सन हिरोको रूपमा परिचित भए।

उनी पछिल्लो समय फिल्म ‘ईगल’ मा देखिएका थिए। यस फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

रविले चर्चासँगै फिल्म क्षेत्रबाट राम्रो आम्दानी गरेका छन्। भारतीय सञ्चारमाध्यम नवभारतटाइम्सका अनुसार रवि तेजासँग १२० देखि १६० करोड भारू सम्पत्ति छ। उनी फिल्मसँगै विज्ञापनबाट पनि राम्रो आम्दानी गर्छन्। उनी एक ठूलो प्रोडक्सन हाउसको को-फाउन्डर पनि हुन्।

उनीसँग आन्ध्र प्रदेशको जग्गमपेटामा एक बंगला छ। जसको १६ करोड भारू लागत बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖