• Wednesday 7th of October 2026

‘जारी’ लाई युट्युबमा लोभलाग्दो भ्युज, दुई सातामै करोड पटक हेरियो


  • धनकुटा खबर
  • .

गत वर्षको सुपरहिट फिल्म ‘जारी’ लाई युट्युबमा पनि निकै रूचाइएको छ।

दसैंको अवसर पारेर युट्युबमा ल्याइएको फिल्मलाई दुई सातामा १ करोड पटक हेरिएको छ।

दयाहाङ राई र मिरूना मगर अभिनीत यो फिल्म युट्युबमा सार्वजनिक भएको छोटो समयमै ट्रेन्डिङको शीर्षस्थानमा उक्लिएको थियो। अहिले पनि फिल्म ट्रेन्डिङबाट हटिसकेको छैन।

युट्युबमा फिल्म हेर्ने दर्शकले यसको मौलिक कथावस्तु, प्रस्तुति र अभिनयको प्रशंसा गरेका छन्। २ लाख ६३ हजार लाइक, १२ हजार कमेन्ट आएका छन्।

‘जारी’ लाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ र मिरूनासहित प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, अनिल सुब्बा लगायतको पनि अभिनय छ। रामबाबु गुरूङ फिल्मका निर्माता हुन्।

‘जारी’ ले नेपालमा १७ करोडमाथिको व्यापार गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖