• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

भारतमा चक्रवाती आँधी ‘दाना’ को चेतावनी


  • धनकुटा खबर
  • .

काठमाडौँ – भारतमा चक्रवाती आँधी ‘दाना’ को चेतावनी जारी गरिएको छ । बिहीबार पश्चिम बङ्गाल र ओडिशाको तटमा पुग्ने बताइएको छ ।

भारतीय मौसम विज्ञान विभागले दाना आँधीबारे जानकारी दिँदै आँधीले गत राति घातक चक्रवाती आँधीको रूप लिएको छ र विगत ६ घण्टादेखि १२ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–पश्चिम दिशामा सरेको बताएको छ ।

दाना आँधी अहिले मध्य र उत्तर-पश्चिम बङ्गालको खाडीमा ओडिशाको पराद्वीपबाट २६० किलोमिटर दक्षिण-पश्चिममा रहेको छ । उत्तरपश्चिमबाट उत्तरी ओडिशा र पश्चिम बंगालतर्फ सर्ने सम्भावना रहेको विभागले बताएको छ ।

आँधीको चेतावनीपछि पश्चिम बङ्गाल सरकारले नौ जिल्लाका सबै विद्यालय बन्द राख्न निर्देशन दिएको छ । जिल्ला प्रशासनले माछा मार्नेहरुलाई समुन्द्रमा नजान आग्रह गरेको छ । समुन्द्रमा गएका मछुवाहरूलाई फिर्ता बोलाइएको छ । तटीय क्षेत्रमा माइकमार्फत सर्वसाधारणलाई सचेत गराइएको छ ।

त्यस्तै ओडिशाको प्रसिद्ध पर्यटकीय गन्तव्य पुरीबाट मंगलबार पर्यटकलाई बाहिर निकालिएको छ । प्रदेशका १४ जिल्लाका सबै विद्यालय २३ गतेदेखि २५ गतेसम्म बन्द रहनेछन् । दानालाई ध्यानमा राख्दै राष्ट्रपति द्रौपदी मुर्मुको भ्रमण पनि स्थगित गरिएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖