धनगढी । कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।
घोडाघोडी नगरपालिका–५ डोकेबजार स्थित पुर्व पश्चिम राजमार्गमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७२७९ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१–००२ त ६१८७ नम्बरको ट्याक्टर एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
विहिबार भएको उक्त दुर्घटनामा घोडाघोडी नगरपालिका–१० बस्ने २७ वर्षीय सुशिल बिकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानएको छ ।
ट्याक्टर र ट्याक्टर चालक लम्की चुहा नगरपालिका–४ बलिया बस्ने ३७ वर्षीय राताराम चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।
