• Wednesday 7th of October 2026

कपिल शर्मा बने टिभीका सबभन्दा धनी कलाकार


  • धनकुटा खबर
  • .

भारतीय टेलिभिजनको चर्चित कलाकार भन्ने बित्तिकै ‘अनुपमा’ की रूपाली गांगुली, ‘तारक मेहताका उल्टा चश्मा’ का दिलीप जोशीको नाम आउँछ। यी कलाकार हरेक एपिसोडको महँगो पारिश्रमिक लिन्छन्। तर धनीको मामिला भारतीय कमेडियन कपिल शर्मा अगाडि छन्।

उनी ‘द ग्रेट इन्डियन कपिल शो’ होस्ट गरेको हरेक एपिसोडको ५ करोड भारू पारिश्रमिक लिन्छन्। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार कपिलसँग ३०० करोड भारूको सम्पत्ति छ।

उनीसँग मुम्बईको अंधेरीस्थित एक बंगला छ। जसको मूल्य १५ करोड बताइएको छ। जहाँ उनी आफ्नी आमा, श्रीमती गिन्नी चतरथ र दुई बच्चाहरूसँग बस्छन्। उनीसँग ५ वटा महँगा गाडी छ।

कपिल टिभीबाट मात्र नभई फिल्मबाट कमाइ गर्छन्। उनले ‘किस किसको प्यार करूं’, ‘फिरंगी’, ‘ज्विगाटो’ र ‘क्रू’ जस्ता फिल्ममा अभिनय गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖