• Wednesday 7th of October 2026

३२ वर्ष पुग्यो कन्दरा, काठमाडौँमा पहिलो कन्सर्ट गर्ने


  • धनकुटा खबर
  • .

चर्चित कन्दरा ब्यान्डले काठमाडौँमा कन्सर्ट गर्ने भएको छ। नोभेम्बर ९ मा ब्यान्ड स्थापनाको ३२ वर्ष पुगेको अवसरमा एलओडी क्लबमा ‘एनिभर्सरी कन्सर्ट’ गर्न लागेको हो।

यो काठमाडौँमा कन्दराको पहिलो कन्सर्ट हुनेछ।

यससँगै कन्दराले विश्वव्यापी अभियान पनि घोषणा गरेको छ।

सन् २०२५ को जनवरीमा बेलायत र दुबई, फेब्रुअरीमा जापान, मार्च र अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा र अन्तमा जुलाईदेखि अगस्टसम्म युरोप टुर गर्नेछ।

९० को दशकको सुरुदेखि नै नेपाली सङ्गीत प्रेमीहरूमाझ लोकप्रिय बनेको कन्दरका लोक–रक गीत चर्चित छन्। जसमा तिमी परी, हङकङ पोखरा, लेककी हे मायाजस्ता गीत हिट छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖