• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

इरानमाथि गर्यो इजरायलले आक्रमण


  • धनकुटा खबर
  • .

एजेन्सी । इरानमाथि इजरायलले आक्रमण गरेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार शनिबार बिहान इजरायलले तेहरान आसपास इरानी सैन्य अड्डालाई लक्षित गरी हवाई आक्रमण गरेको हो ।

यसअघि अक्टोबर १ मा इरानले इजरायलमा आक्रमण गरेको थियो । त्यतिबेला इरानले १८० वटाभन्दा बढी मिसाइलले इजरायलमाथि आक्रमण गरेको थियो ।

उक्त आक्रमणलाई इरानले इजरायलमाथि गरेको ठूलोमध्येको हमला भनिएको थियो । सो आक्रमणपछि इजरायलले त्यसको जवाफ दिने र इरानले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले दिँदै आएका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖