अस्ट्रेलियाको सिड्नीदेखि दक्षिणपश्चिम क्षेत्र शनिबार दुईवटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान भएको विमान दुर्घटनामा तीन जना अपरिचित व्यक्तिको मृत्यु भएको पुष्टि प्रहरीले गरेको छ।
उनीहरूको पहिचान पत्ता लगाउने प्रयास भइरहेको बताइएको छ।
