• Monday 5th of October 2026

ज्यानै लिन सक्ने निमोनिया, यी हुन् लक्षण र जोगिने उपाय


  • धनकुटा खबर
  • .

निमोनिया छातीमा हुने संक्रमण हो । पाँच वर्ष भन्दा कम उमेरका बालबालिकाहरुमा यसको जोखिम धेरै हुन्छ । यो उमेरका बालबालिकाको मृत्यु गराउने प्रमुख कारण पनि निमोनिया नै हो ।

निमोनियाको संक्रमण भएपछि स्वासप्रश्वासमा समस्या हुन्छ । किटाणुले फोक्सोमा आक्रमण गर्छन् र फोक्सोका कोषहरु सुन्निन्छन् र स्वास फेर्न गाह्रो हुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार एक वर्षमा पाँच वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु हुन्छ भने नेपालमा पाँच हजार भन्दामाथि रहेका छन् ।

जाडो महिनामा बढी देखिने निमोनियाका लक्षणहरु यसप्रकार छन्–

खोकी लाग्नु, रुघा लाग्नु,

छिटो छिटो स्वास फेर्नु,

स्वास फेर्दा घ्यार घ्यार आवाज आउनु,

दूधे बालबालिकाले दूध चुस्न नसक्नु,

कोखा हान्ने समस्या हुनु ।

निमोनियाका यस्ता लक्षण देखिने बित्तिकै अस्पताल लैजानु जरुरी छ । समयमा नै उपचार भएन भने बालबालिको ज्यान जान सक्छ ।

निमोनियाको उपचार निमोनियाको अवस्था हेरेर गरिन्छ । कतिपय अवस्थामा सरल उपचार हुन्छ भने कतिपय अवस्थामा एन्टिवायोटिक औषधिको पनि प्रयोग गर्नुपर्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖