• Tuesday 6th of October 2026

भुटानलाई हराउँदै साफ च्याम्पियनसिपको फाइनलमा पुग्यो बंगलादेश


  • धनकुटा खबर
  • .

काठमाडौं । भुटानलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशले भुटानलाई ७-१ गोलअन्तरले पराजित गरेको हो ।

बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् भने सबिना खातुनले दुई तथा रितु पोर्ना चक्माले एक गोल गरिन् । यता भुटानका लागि देकी ल्हजोमले एक गोल फर्काइन् ।

अब बंगलादेशले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीच साँझ साढे ६ बजे आमनेसामने हुनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖